सुन्दरीजलस्थित बागमती किनारमा ‘लायन्स क्लब अफ साम्बाला, काठमाडौंले शनिबार वृक्षारोपण गरेको छ।
क्लब गठन भएको तेस्रो वर्षको अवसरमा करीब १२० विरूवा रोपेरे वृक्षारोपण गरेको अध्यक्ष चित्र बहादुर गुरूङले जानकारी दिए।
बिरूवा रोप्नाले केही हदसम्म भए पनि बागमतिको दुषित पानी सफा हुन सहयोग पुग्ने गुरूङले बताए।
क्लबका द्वितिय उपाध्यक्ष कृष्ण वहादुर सुवेदीले बागमती नदीले सांस्कृतिक र धार्मिक महत्व बोकेकाले यसको जगेर्ना गर्न वातवरणीय व्यवस्थापन जरूरी रहेकोले विरुवा रोपिएको बताए।
कोरोना महामारीले ग्रस्त मुलुकमा भएको यस्तो कार्यक्रमले सकारात्मक सन्देश दिएको साम्बाला क्लबका कोषाध्यक्ष जितेन्द्र झाक्री मगरले बताए।
क्लबले वातावरण तथा फोहोरमैला व्यवस्थापन र सरसफाइ, रक्तदानलगाएत विभिन्न समाजिक काम गर्दै आएको छ।
अगामी वार्षिक कार्यक्रममा सदस्यको नविकरण र नयाँ क्लबको गठन गर्नुका साथै नियमित कार्यक्रमले निरन्तरता दिने र ‘हाईक फर ह्याल्थ’ कार्यक्रम सञ्चालन गर्ने आयोजकले जानकारी गराए।
कार्यक्रम नयाँ पाटी गोकर्णेश्वर नगरपालिका र कागेश्वर मनोहरा नगरपालिकामा गरिएको हो।
कार्यक्रममा २० जना सदस्य, दुवै नगरपालिकाका स्थानीय जनप्रतिनिधि तथा लायन लिडरहरुको सहभागी थियो।
आयोजका अनुसार आज रोपिएका १२० विरूवा वन डिभिजन कार्यलय, हात्तिसारले सौजन्य गरेको हो।