बैतडीकाे सुर्नया गाउँपालिका ८ को ढोलेका विभिन्न क्षेत्रमा पहिरो खस्न थालेको स्थानीयबासीले बताएका छन्।
शुक्रबार राती तल्लोढोलेको रातापानीमा पहिरो खस्दा ६ घरपरिवार पहिरोको जोखिममा परेका वडा अध्यक्ष आनन्दसिंह बोहराले बताए।
पहिरोका कारण स्थानीय लोकेन्द्र बोहरा, मञ्जित बोहरा, सालिभान बोहरा, जनक बोहरा, बीरबहालदुर बोहरा, रामसिंह बोहरा र मीन बहादुर बोहराको घर जोखिममा परेको वडा अध्यक्ष बोहराले बताए।
यस्तै वडाकै मल्लोढोलमा पनि पहिरो खस्दा शेरसिंह बोहरा लगायत ६ परिवार पहिरोको जोखिममा छन्। मल्लोढोलेमा सडकबाट खसेको पहिरोले क्षति पुरयाउँदै आएको वडा सदस्य जयसिंह बोहराले बताए।
ढोल्यामोडदेखि सुर्नया गाउँपालिकाको वडा नं ८ जोड्ने सडकका कारण मल्लोढोलेमा गत वर्षदेखि पहिरो खस्दै आएको छ। यो वर्ष पनि सडकबाट पहिरो खस्न सुरु भएकाले स्थानीय जोखिममा परेका वडा अध्यक्ष आनन्दसिंह बोहराले बताए।