शुक्रबार काठमाडौं उपत्यकामा थपिए ३८ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ३८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार शुक्रबार २४ घण्टामा उपत्यकामा ३८ जना संक्रमित थपिएका हुन्।

संक्रमितमध्ये काठमाडौंका ३२, ललितपुरका ५ र भक्तपुरका एक जना छन्।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं र ललितपुरका दुई-दुई जना संक्रमित फेला परेका छन्।

यस्तै विर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जना र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा  काठमाडौंका १८ र ललितपुरका एक जनामा संक्रमण पोजेटिभ देखिएको हो।

त्यसैगरी नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक जनामा संक्रमण देखिएको छ।

पछिल्लो समय उपत्यकामा संक्रमित संख्या बढिरहेको छ। बिहीबारमात्र उपत्यकाका ४५ जनामा संक्रमण पुष्टि भएको थियो।

यो सँगै उपत्यकामा कुल संक्रमितको संख्या ५१९ पुगेको छ।कुल सङ्क्रमितमध्ये  काठमाडौंमा ४१४ जना, ललितपुरमा ९६ जना र भक्तपुरमा ५६ जना पुगेको छ। सङ्क्रमितमध्ये  पाँच जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेसँगै गृह मन्त्रालयले बिहीबारबाट हरेक साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा आवातजावतमा समेत रोक लगाइसकेको छ। त्यस्तै, अत्याआवश्यक बाहेकका सवारीसाधनमा समेत कडाइ गरिएको छ।

नियमित ब‍िफिङमा प्रवक्ता गौतमले उपत्यका प्रवेश गर्ने नाकाबाट १० हजार दुई सय पाँच जनाको स्वाब संकलन गरिएको जनाए। तीमध्ये तीन हजार सात सयको रिर्पाेट आइसकेको छ। 

प्रकाशित मिति: : 2020-07-31 17:05:35

प्रतिकृया दिनुहोस्