कोरोना संक्रमणबाट पर्साकै थप चार जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पर्सामा थप चार जनाको मृत्यु भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट पर्साका थप चार जनाको मृत्यु भएको जानकारी दिए। 

कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिका–११ श्रीपुर ५६ वर्षीय पुरुष, वीरगञ्ज–१६ का ३५ वर्षीय पुरुष, वीरगञ्ज–२, छपकैयाका ६५ वर्षीय पुरुष र वीरगञ्ज–११ की एक महिलाको उपचारका क्रममा बिहीबार मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए। 

पर्सा विरगन्ज महानगरपालिका ११का  ५६ वर्षिय पुरूष छन्। मुटुको रोगीसमेत रहेका उनको साउन ६ गते कोरोना पुष्टि भएको थियो।

पर्साको विरगन्ज महानगरपालिका १६ का ३५ वर्षिय पुरूषको साउन १५ गते गण्डक अस्पतालमा निधन भएको हो। उनलाई साउन १५ गते कोरोना पुष्टि भएको थियो।

पर्साको विरगन्ज महानगरपालिका २ छपकैया बस्ने ६५ वर्षिया पुरूषको साउन १५ गते बिहान निधन भएको थियो। उनलाई सोहीदिन साँझ कोरोना पुष्टि भएको थियो।

यस्तै पर्साकै विरगन्ज महानगरपालिका ११ घर भइ हाल ललितपुरको थसिखेलमा बस्दै आएकी एक महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ।  मधुमेह रोगबाट पीडित उनलाई साउन ६ गते कोरोना पुष्टि भएको थियो। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

प्रकाशित मिति: : 2020-07-31 16:45:40

प्रतिकृया दिनुहोस्