घूससहित नियन्त्रणमा लिइएका वाग्मतीका चार प्रहरी निलम्बित

वाग्मती प्रदेश प्रहरी कार्यालयले चार जना प्रहरीलाई निलम्बन गरेको छ। 

सोमबार सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको चार प्रहरीलाई बुधबार निलम्बन गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बिएल नेपाली सेवा जानकारी दिए।

निलम्बनमा पर्नेहरुमा हवल्दार प्रकाश जैसी, जवानहरु योगेन्द्रकुमार मल्ल, अजय महत्तो र लक्ष्मणकुमार महत्तो छन्।

ती प्रहरीहरुले सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको आरोप छ। उनीहरुलाई थप छानबिनका लागि निलम्बन गरिएको प्रवक्ता गिरीले बताए। 

निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली समेत गठन गरेको छ।

प्रकाशित मिति: : 2020-07-29 20:19:27

प्रतिकृया दिनुहोस्