अबैध रुपमा भित्र्याएको भन्दै प्रहरीले काठमाडौंबाट बरामद गरेको १५ केजी सुन नक्कली रहेको पुष्टि भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीबाट १५ केजी सुन बरामद गरेको जनाएको थियो। जफत भएका मध्ये एक टुक्रा सुन मात्र सक्कली बाँकी सबै नक्कली रहेको पुष्टि भएको हो।
सुन भनेर बरामद गरेका उक्त पहेँलो सुन जस्तै देखिने धातु परीक्षण गर्दा सुन नभएको पुष्टि भएको हो।
प्रहरीले फलो गरिरहेका एक मानिसले गाडीबाट झोला फ्याँलेर भागेका थिए। झोलामा हेर्दा सुनजस्तै धातु फेला परेको थियो।
महानगरीय प्रहरी परिसरले सुन नक्कली रहेको परीक्षणमा देखिएको जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, प्रहरीले दुई थान हतियार समेत बरामद गरेको छ।