‘इनफ इज इनफ’ अभियान्ताहरुले भोलिदेखि सडक प्रदर्शन गर्ने

‘इनफ इज इनफ’ अभियान्ताहरुले भोलिदेखि सडक प्रदर्शन गर्ने भएका छन्।

इनफ इज इनफ समूहका युवाहरु १० दिन देखि कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आरडिटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्दै खाना पानी नखाई सत्याग्रह बसेका छन्। 

बसन्तपुरमा अनसन थालेको १० दिन भइसक्दा पनि सरकार मौन बसेकाले भोलिबाट सडक आन्दोलन गर्न लागिएको अभियान्ताहरुले जानकारी दिएका छन्।

भोलि २ बजे बसन्तपुरमा भौतिक दुरीसहित प्रदर्शन गरिने इनफ इज इनफ अभियानले जनाएको छ। साथै सरकारलाई दबाव दिन सबैलाई अपील समेत गरेको छ।

 

प्रकाशित मिति: : 2020-07-27 17:20:15

प्रतिकृया दिनुहोस्