जाजरकोटमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु, ७ जना बिरामी

जाजरकोटको कुसे गाउँपालिका १ स्याँक्रीमा जंगली च्याउ खाँदा तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ।

उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर बिरामी भएको कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपाल नेपालीले बताए।

आइतबार राति घरपरिवारका सबैले एकै समय च्याउ खाएका थिए ।

बिरामीको उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2020-07-27 15:14:54

प्रतिकृया दिनुहोस्