मुस्ताङमा घर भत्किँदा नातिकाे मृत्यु, हजुरबा घाइते

 मुस्ताङमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।

थासाङ गाउँपालिका–२ न्याउरीकोट सोमबार घर भत्किँदा १७ वर्षीय निशान तुलाचनको घटनास्थलमै मृत्यु भएको हो। 

उनका ७० वर्षका मावली हजुरबुबा रनप्रसाद गौचन घाइते छन्।

ढुंगामाटोले बनेको दुईतले घर निरन्तरको वर्षाका कारण भत्किएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए।

 उनका अनुसार घाइते रनप्रसादको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-07-27 12:37:26

प्रतिकृया दिनुहोस्