कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्नू: भारत

भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रलाई पत्र पठाएकाे छ।

गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै धार्चुला प्रशासनले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न आग्रह गरेकाे हाे।

‘बिभिन्न नेपाली गुट/समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ पत्रमा लेखिएको छ, ‘अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला।’

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो। ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ।

प्रकाशित मिति: : 2020-07-27 11:05:01

प्रतिकृया दिनुहोस्