अमेरिकाले सुरु गर्‍यो, बंगलादेशको राष्ट्रपिता शेख मुजिबरको हत्याराको प्रत्यारोपण प्रक्रिया

बंगलादेशका राष्ट्रपिता शेख मुजिबर रहमानको हत्यामा संलग्न बंगलादेशका पूर्व सैन्य अधिकारी रसिद चौधरीको प्रत्यारोपणको प्रक्रिया सुरु भएको छ। 

चौधरी १५ वर्षदेखि अमेरिकामा राजनीतिक शरणार्थीको रूपमा बसिरहेका थिए। बंगलादेश सरकारले पछिल्लो केही वर्षयता देखि अमेरिकालाई उनको प्रत्यारोपणको मुद्धा उठाउँदै आइरहेको थियो। 

यस विषयमा बंगलादेशका विदेश मन्त्री डाक्टर एके अब्दुल मोमनले हालै अमेरिकी समकक्षी माइक पोम्पिओसँग आग्रह गरेका थिए।पोम्पिओसँगको बैठकमा मोमनले चौधरीको प्रत्यारोपणका लागि सहयोग गर्न अमेरिकासँग समर्थन मागेका थिए। 

अमेरिकी मिडियाहरूले हालै प्रकासित गरेको रिपोर्टमा राष्ट्रपिता मुजिबरको हत्यामा संलग्न चौधरीलाई फर्काउन बंगलादेशले कुटनीतिक प्रयास तीब्र पारेको छ। अमेरिकाले चौधरीलाई सुरक्षा पनि प्रदान गरेको थियो। यो अब रद्ध हुने सम्भावना बढेको छ। 

अमेरिकी महान्यायधिवक्ता विलियम बरले बंगलादेशको निवेदनको विषयमा चर्चा गर्न सबै पक्षलाई ३१ जुलाईमा बोलाएका छन्। 

४ दशक लामो यो मुद्धाको पुरानो फाइल हालै महान्यायधिवक्ता विलियमले पुनः खोलेका थिए। चौधरीको पक्षमा मुद्धा लडिरहेका वकिलहरूको समूहले अमेरिकासँग आग्रह गरेको छ–यदी अमेरिकाले चौधरीलाई बंगलादेशसमक्ष प्रत्यारोपण गर्ने हो भने उनको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ। 
मुजिबरको सत्ता उल्ट्याउन चौधरीको ठूलो हात मानिन्छ। बंगलादेशी विदेश मन्त्री मोमनले स्पष्ट शब्दमा भनेका छन्, रसिद चौधरी अमेरिकामा छन्। 

अर्का अभियुक्त नुर चौधरी क्यानडामा राजनीतिक शरण लिएर बसेका छन्। उनीहरूलाई कुनै पनि हालतमा बंगलादेश फकाउनु हाम्रो उद्देश्य हो।
 
यसै वर्ष १७ मार्चदखि बंगलादेशले बंगबन्धुको जन्मशताब्दी बर्ष मनाइरहेको छ। बंगलादेशी सरकारले दुबै अभियुक्तलाई अमेरिका र क्यानडाबाट फिर्ता ल्याउन दबाव सिर्जना गरिरहेको छ। 

यस्तै, तेस्रो अभियुक्त मोहिउद्धिन अहमद पनि पहिले अमेरिकामै बसोबास गर्थे। मुजिबरको हत्यामै संलग्न सेनाका पूर्व क्याप्टेन अब्दुल मजिदलाई गिरफ्तार गर्न भारतले सहयोग गरेको थियो। 

उसलाई गत अप्रिलमा भारतबाट पक्राउ गरिएको थियो। उनलाई १३ अप्रिलमा फाँसीको सजाय भएको थियो। मुजिबरको हत्यामा विशेष पाँच जना संलग्न रहेको मानिन्छ। 

सन् २००९ मा बंगलादेशको सर्वोच्च अदालतले राष्ट्रपिता मुजिबरको हत्यामा संलग्न सबैलाई फाँसीको सजाय सुनाएको थियो। र, देशबाहिर रहेका सबैलाई भगौडाको सूचीमा राखेको थियो। 

भारतमा पक्राउ परेका माजिदले माफीको लागि सरकारसमक्ष निवेदन दिएका थिए। तर, राष्ट्रपति अब्दुल हामिजले माफी नदिने घोषणा गरेपछि राती १२ बजेर १ मिनेटमा फाँसीको सजाय दिइएको थियो। 

पाकिस्तानबाट बंगलादेशलाई स्वतन्त्र बनाउने पहिलो राष्ट्रपति शेख मुजिबर रहमानको १५ अगस्ट १९७५ मा आफ्नै घरभित्र गोली हानेर हत्या गरिएको थियो। यो घटनामा उनीलगायत परिवारका १८ सदस्य एकै चिहान भएका थिए। 

यसमा उनको श्रीमती, छोरा र परिवार सबै थिए। परिवारका दुई सदस्य शेख हसिना र बहिनी शेख रेहाना बाच्न सफल भएका थिए। उनीहरू हत्या हुँदा जर्मनमा थिए। शेख हसिना वाजेद हाल बंगलादेशको प्रधानमन्त्री छिन्।

प्रकाशित मिति: : 2020-07-26 15:50:21

प्रतिकृया दिनुहोस्