लकडाउनका बेला साथीभाइ जम्मा भएर लुडो खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं–१४, सुनारगाउँमा राजकुमार कार्कीको घरमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
कार्कीले पाँच हजार रुपैयाँ लिएर लुडोको बाजी खेलाउने गरेको पाइएको महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरले बताए ।
उनीहरुको साथबाट ८७ हजार ५० हजार रुपैयाँ पनि बरामद गरिएको छ।
उनका अनुसार ३५ हजार रुपैयाँसम्मको बाजी खेल्ने गरेको पाइएको छ ।
पक्राउ परेका सबै जनाविरूद्ध जुवा ऐनअनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने तयारी रहेको प्रहरीले जनाएको छ ।