गोदावरीमा गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध

गोदावरी नगरपालिकाले गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ । यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको हाे ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले उक्त अनुरोध गरेको पालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए।

गोदावरीभित्र गाईजात्रा पर्वमा मनाइने मतया, रोपाइँ, लाखे, कृष्ण र जुग (भगवान) जात्रा सञ्चालन गरिने गरेकाे छ। 

उनले भने, 'दिवंगत आत्माको शान्त्तिका लागि भीडभाडजन्य कार्य नगरी सरोकारवालालाई मात्र गाईजात्रामा समावेश हुन अपिल गर्दछाै‌ं।' 

यस वर्ष सामाजिक दूरी कायम गरी सांस्कृतिक परम्परालाई मात्र सञ्चालन गर्न प्रमुख महर्जनले नगरवासीसमक्ष अपिल गरेका छन् ।
 

प्रकाशित मिति: : 2020-07-26 13:03:32

प्रतिकृया दिनुहोस्