पूर्वएआइजी रणबहादुर चन्दका छोराको पैसा चोर्ने 'मास्टर माइन्ड' चोर समातिए छन्।
साउन ७ गते अन्वेषण चन्दले सानिमा बैकबाट एक लाख रुपैयाँ निकालेर स्कुटरको डिकीमा रखेकाे रकम नयाँबानेश्वरको आन्तरिक राजस्व कार्यालयबाट चाेरी भएकाे थियाे।
चाेरीमा संलग्न मोरङका शोषित कार्कीलाई आइतबार बिहान प्रहरीले रकमसहित पक्राउ गरेकाे हाे।
प्रहरीका अनुसार कार्कीले त्यस स्कुटरको डिकी नफाेडि पैसा चोरी गरेका थिए। साेही दिन प्राप्त उजुरीकाे आधारमा कार्कीलाई गौशालाबाट आउँदै गर्दा मिनभवनबाट नियन्त्रणमा लिइएकाे महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
'हामीले पहिलेदेखि नै खोजी गरिरहेका थियौँ। आज गौशालाबाट आउँदै गर्दा मिनभवनबाट नियन्त्रणमा लिएका हौँ,' डिएसपी बस्नेतले भने।
पक्राउ परेका युवकको साथबाट प्रहरीले ४२ वटा विभिन्न गाडी तथा मोटरसाइकलको मास्टर चाँबी समेत फेला पारेको उनले बताए।
कार्कीले चाँबीको प्रयोग गरेर गाडी तथा स्कुटरमा भएको पैसा तथा धनमाल चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी बस्नेतले जानकारी दिए।