मध्यप्रदेशका मुख्यमन्त्री चौहानलाई कोरोना संक्रमण

भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरसको संक्रमण भएको छ। 

मुख्यमन्त्री चौहानले शनिबार ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘मेरा प्रिय प्रदेशबासिन्दाहरु, मलाई कोभिड–१९ को लक्षण देखिएको थियो, परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। मेरा सबै साथीहरुसँग अपिल छ कि जो कोही मेरो सम्पर्कमा आउनु भएको थियो सबैले कोरोना परीक्षण गराउनु होला। यस्तै मेरो सम्पर्कमा आउनु भएकाहरु क्वारेन्टिनमा बस्नु होला।’

उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न अपिल गरेका छन्। 

‘मैले कोभिड–१९ का सबै नियमहरु पालना गरेको छु। डाक्टरको सल्लाह अनुसार सेल्फ आइसोलेशनमा छु। प्रदेशका बासिन्दासँग सावधानी अपनाउन अपिल गर्दछु,’उनले लेखेका छन्।

प्रकाशित मिति: : 2020-07-25 15:57:09

प्रतिकृया दिनुहोस्