कोरोना समुदायस्तरमा फैलिएपछि वीरगंञ्जमा निषेधाज्ञा जारी

 वीरगञ्ज महानगरपालिकाले कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै आजबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयले विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेर अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेहो हो।

निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार महानगर क्षेत्रभित्रका सम्पूर्ण पसल र उद्योग व्यवसायसमेत बन्द गरेर निषेधाज्ञा लागू गरिएका छ।

 वीरगञ्जमा अन्य जिल्लाबाट र भारतबाट आउन पनि पूर्णप्रतिबन्ध लगाइएको छ। विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो। ‘भारतबाट वीरगञ्ज नाकाबाट प्रवेशमा रोक लगाइएको छ । सुरक्षा निकायहरुले गस्ती पट्रोलिङ बढाउने, लु्कीछिपी प्रवेश गरेकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्ने निर्णय भएको छ,’ बस्नेतले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीले नसकेको ठाउँमा सेना समेत परिचालन गर्ने निर्णय गरेका छौं ।’

वीरगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएर समुदायस्तरमा फैलिएको विज्ञहरुले बताउँदै आएका छन्। 

प्रकाशित मिति: : 2020-07-25 07:34:04

प्रतिकृया दिनुहोस्