अस्पताल भर्ना हुने पैसा नहुँदा एक जनाको निधन

भारतको मध्य प्रदेशमा अस्पताल भर्नाको कागज बनाउन पैसा नहुँदा एक बिरामीको निधन भएको छ। 

पुरै मानव जातिलाई लज्जित बनाउने यो घटना मध्य प्रदेशको गुना जिल्ला अस्पतालमा भएको थियो। सुनील धाकड नाम गरेका एक युवा टिवीको विरामी थिए। उपचारका लागि अस्पताल पुगेका धाकड भर्ना शुल्क नहुँदा बुधबार रातभरि अस्पताल बाहिर बसेका थिए। उनको बिहान निधन भएको थियो।

अशोकनगर जिल्लाका स्थायीवासी धाकड आफ्नो श्रीमतीसँग अस्पताल पुगेका थिए। अस्पतालमा भर्ती गराउन जब उनको श्रीमती काउन्टरमा पुगिन, उनीसँग कर्मचारीले पैसा मागेका थिए। तर, पैसाको अभावमा उनी आफ्नो श्रीमानलाई भर्ती गराउन असफल भइन्। 

यसपछि उनी अस्पताल बाहिर श्रीमान र आफ्नो सानो छोरालाई लिएर बसेकी थिइन। उनको बुधबार राती १२ बजे नै निधन भएको थियो।

धाकडको निधनपछि अस्पताल व्यवस्थापनको लापरवाही र अमानवीय व्यवहारको सबैले विरोध गरेका छन्। यस विषयमा अस्पतालका चिकित्सक एस के श्रीवास्तवसँग कुरा गर्दा उनले धाकड मधपानका आदी भएको र प्रायः अस्पताल बाहिर बस्ने दावी गरे। तर, उनले विरामीलाई अस्पताल किन भर्ती नगराएको भन्ने कुरामा कुनै जवाफ दिन चाहेनन्। 

यस विषयमा जिल्ला अधिकारी कुमार पुरुषोत्तमले अस्पतालसँग तुरुन्त रिपोर्ट माग गरेका छन्। उनले दोषीमाथि कार्यवाही हुने बताएका छन्।

प्रकाशित मिति: : 2020-07-24 17:07:54

प्रतिकृया दिनुहोस्