ओली र प्रचण्डबीच बालुवाटारमा झन्डै दुई घन्टा छलफल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान झन्डै दुई घन्टा छलफल भएको छ।

ओलीसँग छलफल गर्न प्रचण्ड ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

 १३ गते बस्ने स्थायी समिति बैठक कसरी सञ्चालन गर्ने विषयमा दुई अध्यक्षबीच आज छलफल भएको हाे।

यसैबीच प्रचण्डसँगको भेटअघि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि बालुवाटारमा कुराकानी गरेका थिए।

ओली-देउवा भेटमा भएको कुराकानीबारे खुलाइएको छैन। दुई नेताबीच बिहीबार पनि भेट भएको थियो।
 

प्रकाशित मिति: : 2020-07-24 13:43:26

प्रतिकृया दिनुहोस्