काभ्रेमा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आवश्यक कक्षको व्यवस्थापन गरी काम शुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले व्यक्तिको सबै विवरण लिनका लागि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरेको हो।
असार ३१ गतेदेखि शुरु गरिएको विवरण भर्ने क्रममा आजसम्म ६१ जनाले विवरण भरिसकेको कार्यालयले जानकारी दिएको छ।
राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आउनेहरुका लागि कार्यालयले व्यवस्थापन गरेको कक्षमा दुई जना विवरण दर्ता अपरेटरले काम गरिरहेको छ ।