लकडाउनका कारण बिगत ४ महिनादेखि राइड शेयरिङ कम्पनी टुटल र पठाओले आजदेखि सेवा सुचारु गर्ने भएका छन् । सरकारल लकडाउन अन्त्य भएको घोषणा गरेसँगै उनीहरुले आजदेखि नै सेवा सुचारु गर्न लागेका हुन् ।
कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि गत साउन ६ गतेसम्म लकडाउन लगाएको थियो । उक्त अवधीमा उनीहरुको सेवापनि बन्द भएको थियो । यद्यपि, पठायोले भने २ साता अघि अत्यावश्यक सेवाका लागि भनेर सेवा खुलेको थियो ।
कोरोना भाइरसबाट बच्न सुरक्षाका उपायहरु अबलम्बन गरेर सेवा थालनी गरिने बताइएको छ । टुटललले आफ्ना चालकहरुलाई मास्क, पञ्चा लगायतका सामग्री दिएको छ । यस्तै, पठाओले आफ्ना सबै चालकलाई पीपीईभन्दा एक तहमुनिको सुरक्षा पहिरन प्रदान गरेको छ ।