माइतीघरमा सरकारविरोधी प्रदर्शनमा उत्रिएका पाँच विदेशीलाई देशनिकाला

२ वर्ष नेपाल प्रवेश गर्न प्रतिबन्ध

सरकारविरोधी प्रदर्शनमा उत्रिएका पाँच जना विदेशीलाई देशनिकाला गरिने भएको छ। 

गत जेठ ३१ गते माइतीघरमा नेपाली युवाले काेरोना भाइरस संक्रमण रोकथाममा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै सरकारविरुद्ध प्लेकार्डसहित उपस्थित भएर प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा पाँच विदेशी पनि सहभागि थिए। विदेशी नागरिकलाई यस्ता गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाइएकाे हुन्छ।

देशनिकाला गर्ने निर्णय भएकामा २ महिलासहित तीन जना चिनियाँ रहेकाे विभागमा प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए। उनीहरुलाई पक्राउ गरेलगत्तै अध्यागमन विभाग पठाइएको थियो।

पक्राउ परेकामध्ये एक जना विदेशीले नेपालीसँग विवाह गरेर बसेकाले उसलाई २० हजार रुपैयाँ जरिवाना मात्र गर्ने निर्णय भएको छ।

विभागले एक जना अस्ट्रेलियन पुरुष र एक जना अमेरिकन महिलालाई पनि देशनिकाला गर्ने जनाएकाे छ। उनीहरु सबैलाई दुई वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय पनि भएको छ।

तिवारीले लकडाउन खुलेको १५ दिनभित्रमा उनीहरुलाई आफ्नो देश फर्काइने जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2020-07-20 15:55:00

प्रतिकृया दिनुहोस्