नारायणीले खतराको तह पार गर्यो, बजाइयाे घण्टी

अबिरल बर्षाका कारण नारायणी नदिले जल सतहको तह पार गरेको भन्दै त्यहाँ वरपरका बासिन्दालाई सतर्क रहन अपील गरिएको छ।

नदीले अहिले सतर्कता तह पार गरेर ७ दशमलव ७ मिटर पुगेकाे नारायणी नदी देवघाट बाढी मापन केन्द्रले जनाएकाे छ।

७ दशमलव ३ मिटर सतकर्ता तह रहेको नारायणी नदिमा अहिले जलस्तर बढेर ७ दशमलब ७ मिटर पुगेको छ। ८ मिटर पानीको बहाव पुगेमा नारायणी नदिलाई खतराको लेबल मान्ने गरिन्छ।

आज नै खतरा तह पुग्न सक्ने भएकाले चितवन र नवलपरासीका तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले म्यासेज पठाएर आम सर्वसाधारणलाई आग्रह गरेको छ।

यसैबीच नारायणघाटको पुल्चोकमा गरिएको मापनमा पनि पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ।

यहाँ ११ मिटर सतर्कता तह रहेकोमा अहिले पानीको सतह बढेर ११ दशमलव १२ मिटर पुगेको केन्द्रले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-20 13:36:34

प्रतिकृया दिनुहोस्