पाकिस्तानमा फेरि फुटाइयो, १७ सय वर्ष पुरानो बुद्धको मुर्ति

बिएल संवाददाता

इस्लामाबाद

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा घर निर्माणका क्रममा जमिनमुनि फेला परेको १७ सय वर्षअघिको बुद्धको मुर्ति त्यहाँको कट्टरपन्थी मुसलमानहरूले फोडिदिएका छन्।

यो घटनामा ४ जनालाई स्थानीय प्रहरीले पक्राउ गरेको छ भने स्थानीय निकाय तथा सरकारबाट अहिलेसम्म कुनै प्रतिक्रिया बाहिर आएको छैन। 

पाकिस्तानी मिडिया रिपोर्टका अनुसार तख्त–ए–बही क्षेत्रमा केी दिनअघि घर बनाउन चर खन्ने काम भएको थियो। यसैक्रममा ठेकेदार तथा चर खन्न सक्रिय तीन मजदुरले सुतिरहेको अवस्थामा बुद्धको मुर्ति फेला पारेका थिए। यो कुरा विस्तारै चारैतर्फ फैलिएपछि स्थानीय एक कट्टरपन्थी नेताले घटनास्थल पुगेर बुद्धको मुर्ति फोड्न लगाएका थिए। 

स्थानीय प्रहरीले यस विषयमा सबै कुरा स्पष्ट भइनसकेको जानकारी दियो। 
घटनालाई लिएर एउटा भिडियो पनि भाइरल भएको छ। जसमा एक व्यक्तिले मजदुरलाई मुर्ति फोड्न आदेश दिएको स्पष्ट देखिन्छ। उसले हातले मुर्तिमा लागेको माटो हटाउँदै गरेको पनि देखिएको छ। प्रहरीले पहिलो चरणको अनुसन्धानमा चार व्यक्तिलाई पक्राउ गरेको बताएको छ। 

प्रहरीका अनुसार पुरानो मुर्ति फेला परेपछि पहिले पुरात्तात्विक विभागलाई जानकारी दिनुपर्नेमा त्यसो नगरेर स्थानीयलाई यसको जानकारी दिएको थियो। प्रहरीले यो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ र पुरात्तात्विक विभागलाई यसको जानकारी पनि दिएको छ। 

पुरात्तात्विक अधिकारीहरू यो क्षेत्रमा अन्य मुर्ति भए नभएको पत्ता लगाउने अभियानमा जुटेका छन्। खैबर क्षेत्रमा यसअघि श्रीलंका, जापान र दक्षिण कोरियाका मानिसहरू आउने जाने गर्दथे।

प्रकाशित मिति: : 2020-07-20 11:45:35

प्रतिकृया दिनुहोस्