६ गते ११ बजेसम्मका लागि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

सत्तारूढ दल नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक मंगलवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त विज्ञप्ति प्रकाशित गरी ६ गते ११ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विवाद बढेपछि १७ असारयता स्थायी कमिटी बैठक बस्न सकेको छैन। 

१६ असारको बैठकमा दाहाल र वरिष्‍ठ नेता माधवकुमार नेपाल पक्षधरले ओलीलाई दुवै पदबाट राजीनामा गर्न दबाब दिएपछि दुई अध्यक्षबीच दूरी बढेको थियो। 

१७ वैशाखयता पटक-पटक दुई अध्यक्षबीच 'वान अन वान' वार्ता भएपछि हिजो बसेको सचिवालय बैठकमा केही सहमतिका आधार तयार भएको जनाइएको छ। 

ओलीलाई दुवै पदबाट मुक्त नगरी समाधान निकालिने बताइएको छ। 

हिजो सचिवालय बैठकमा केही सहमतिका आधार बनेपछि आजको राखिएको स्थायी कमिटि बैठकमा थप छलफल गर्ने जनाइएको थियो। तर, आजको बैठक पनि स्थगित गरिएको छ।  

प्रकाशित मिति: : 2020-07-19 12:54:27

प्रतिकृया दिनुहोस्