काँग्रेस संसदीय दलकाे बैठक बस्दै

फाइल तस्विर
फाइल तस्विर

नेपाली काँग्रेस संसदीय दलकाे बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ९ बजे बस्न लागेकाे हाे।

काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने माग राखेर निरन्तर संसद अवरुद्ध गर्दै आइरहेकाे छ।

बिहीबार पनि काँग्रेसले संसद बैठक अवराेध गरेकाे थियाे।

आज बस्ने संसद बैठक पनि अवराेध गर्ने मनस्थितिमा काँग्रेस रहेकाे छ। साेही विषयमा छलफलका लागि संसददीय दलकाे बैठक बस्न लागेकाे हाे।

त्यसअघि बिहान ८ : ३० बजे संसदीय दल कार्य समितिकाे बैठक पनि बस्न लागेकाे छ।

प्रकाशित मिति: : 2024-05-17 07:19:00

प्रतिकृया दिनुहोस्