अब संसदीय समिति बन्दैनः रास्वपा 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबन्ने बताएको छ। 

संसद बैठकपछि रास्वपाका सांसद मनिस झाले पत्रकारसँग कुराकानी गर्दै काँग्रेसले देखाएको व्यवहारकै कारण अब संसदीय समिति नबन्ने बताए। 

काँग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएपछि गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने भन्दै संसद अवरुद्ध गर्दै आइरहेको छ। 

तर सरकारले संसदीय छानबिन समिति बनाउन तयार भएको छैन। बिहीबार बसेको संसद बैठकमा काँग्रेससले विरोध गरेकैबीचमा सभामुख देवराज घिमिरेले लामिछानेलाई बोल्न समय दिएपछि सांसदहरुबीच हात हालाहालको स्थिति भएको थियो। 

विरोधकैबीचमा लामिछाने संसदको रोष्टममा बोल्न जानेक्रममा काँग्रेसका सांसदले रोक्न खोजे। त्यस समयमा एमाले अध्यक्ष केपी शर्मा ओली उठे र त्यसपछि एमाले र काँग्रेसका सांसदबीच हात हालाहालको स्थिति भएको थियो।  

भिडियो–

प्रकाशित मिति: : 2024-05-16 19:08:00

प्रतिकृया दिनुहोस्