ठोरीमा सीता गुफा छेउको सीमास्तम्भ एसएसबिले उखेलेर फाल्यो

पर्साको ठोरीस्थित सीता गुफामाथि रहेको सीमास्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ। 

हातहतियार सहित बर्दिमा आएका भारतीय सीमा सुरक्षा फोर्स एसएसबिले शनिबार दिउँसो साढे १२ बजे ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालेका हुन्। 

उक्त पिलर करिव ९/१० मिटर तल फ्याकिँएकाे थियाे। यता आज सीता गुफामा कलश यात्रासमेत गरिएकाे थियाे। स्थानियहरुले अहिले साे फ्यालिएकाे सीमास्तम्भ गाडेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तीको अवसरमा आयाेजना गरिएकाे एक कार्यक्रममा रामको जन्मभूमि ठाेरी भएकाे अभिव्यक्ति दिएका थिए।

साे अभिव्यक्ति पश्चात सीता गुफामा केही दिनबाट नेपालीहरुको भिड लाग्न थालेको छ।
 

प्रकाशित मिति: : 2020-07-18 21:58:24

प्रतिकृया दिनुहोस्