रगत अभाव पूर्ति गर्न ९८ प्रहरीसहित १ सय १ जनाले गरे रक्तदान

बाँकेमा रगत अभाव देखिन थालेपछि यहाँका विभिन्न सामाजिक संघसंस्थाले रक्तदान गरिरहेका छन् । रगत अभाव टार्न बाँकेमा क्रियाशील विभिन्न संघ, संस्था तथा क्लबहरु रक्तदान कार्यक्रम आयोजना गरिरहेका छन् ।

सामुदायिक सेवा केन्द्र, बाँके तथा जिल्ला प्रहरी कार्यालय, बाँकेको आयोजनामा शुक्रबार नेपालगञ्जमा बृहत रक्तदान कार्यक्रममा आयोजना गरिएको थियाे। 

No description available.

नेपालगञ्ज उपमहानगरपालिका १० गणेशमान चोकस्थित लागूऔषध परामर्श केन्द्र, नेपालगञ्ज बाँकेको प्राङगणमा गरिएकाे रक्तदान कार्यक्रम ९८ जना प्रहरीसहित कूल १ सय १ जनाले रक्तदान गरेका हुन्। 

रक्तदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ रगतदान गर्नु उच्चतम मानवीय धर्म रहेको बताए। 

No description available.

‘प्रहरी मेरो साथी’ भन्ने नारालाई लागु गर्ने उद्देश्यसँग उक्त कार्यक्रम केन्द्रीत रहेको भन्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तर दिनुपर्ने उनले बताए। 

प्रकाशित मिति: : 2020-07-18 19:24:34

प्रतिकृया दिनुहोस्