रिडी खोलाले बगाउँदा एक जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिका ३, भुवनपोखरीको पटवाचौरमा रिडी खोलाले बगाएर एक जनाकाे मृत्यु भएको छ।

 खोलाले बगाएर सन्धिखर्क नगरपालिका–८, किमडाँडाका ४० वर्षीय देवबहादुर मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए।

भुवनपोखरीबाट घर फर्किने क्रममा मुखिया शुक्रबार खोलाले बगाएर बेपत्ता भएका थिए।

खोजी कार्य गर्ने क्रममा गुल्मीको छत्रकोट गाउँपालिका ५, मनभाकस्थित रिडी खोलामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-18 15:19:04

प्रतिकृया दिनुहोस्