‘ग्याङफाइट’मा धारिलो हतियारको प्रयोगः दुई घाइते, दुई पक्राउ

धनगढीमा ‘ग्याङफाइट’मा धारिलो हतियार प्रहार गरी घाइते पारेको आरोपमा दुई जना पक्राउ परेका छन्। 

शुक्रबार राति धनगढी उपमहानगरपालिका १३ राजपुरका २३ वर्षीय निरज भट्ट र २२ वर्षीय गणेश धामीमाथि धारिलो हतियार प्रहार भएको थियो।

घटनामा संलग्न भएको आरोपमा धनगढी ३ का २२ वर्षीय सन्नी नेपाली र वडा नम्बर २ का २२ वर्षीय दिपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई धनगढी उपमहानगरपालीका ३ बडहराबाट खुकुरी र तरवारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुन्धानको क्रममा पूर्व रिसिबीको कारण झैझगडा हुदाँ हतियार प्रहार गरेको खुल्न आएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-18 12:35:39

प्रतिकृया दिनुहोस्