चोरी गर्न आएको भन्दै स्थानीयबाट कुटपिट: एकको ज्यान गयाे, एक घाइते

राजधानीको तार्केश्वर नगरपालिकामा बिहीबार मध्यरात चोरी गर्न आएको भन्दै स्थानीयबाट कुटपिट हुँदा एक जनाको ज्यान गएको छ।

तार्केश्वर–५ गोलढुङ्गामा चोर आएको भन्दै हल्ला भएपछि स्थानीयले २ जना पुरुषलाई लखेटेका थिए।

उनीहरुलाई नियन्त्रणमा लिई कुटपिट भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

कुटपिटबाट रसुवा घर भइ हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङ मृत्यु भएको काठमाडौं प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनक अनुसार मृतकसँगै रहेका रसुवाकै दोर्जे तामाङ गम्भिर घाइते भएका छन्। उनकाे ट्रमा सेन्टरमा उपचार भइरहेकाे छ।

यता घटनाकाे सत्यतगथ्य बुझ्न प्रहरीले स्थानीय दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

मृतक र अर्का व्यक्ति चोरी गर्न आएका थिए की थिएनन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख  ज्ञवालीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-07-17 12:54:07

प्रतिकृया दिनुहोस्