नेकपा स्थायी कमिटी बैठक ३ बजे बस्ने गरी सारियो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक चार घण्टा पछि सारिएको छ ।

बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश नेताहरु प्रधानमन्त्री निवास, बालुवाटार पुगिसकेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलका लागि समय नपुगेको भन्दै दिउँसो ३ बजेसम्मका पछि सारिएको हो ।

स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहित प्रचण्ड-माधव नेपाल समूहका नेताहरुले ओलीले प्रधानमन्त्री र नेकपा अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिन दबाब दिइरहेका छन् । ओली भने महाधिवेशनअघि अध्यक्ष र आगामी संसदीय चुनावअघि राजीनामा नदिने अडानमा छन् ।

असार १८ गते सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि प्रचण्ड स्वयम्ले ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउने तयारी गरेको ब्रिफिङ स्थायी समितिका सदस्यहरुलाई गरेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ ।

सहमतिको प्रयासमा दुवै अध्यक्षबीच बिहीबार समेत सात पटक छलफल भइसकेका छन् । कार्यकारी अध्यक्ष प्रचण्ड बहुमतको बलमा कम्तिमा पनि ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट हटाएरै छाड्ने रणनीतिमा छन् । स्थायी कमिटी स्थगनपछि ओली-प्रचण्डबीच यसअघि सात पटक बैठक बसिसकेका छन् । हिजाे वरिष्ठ नेता माधव नेपालसहित भएकाे छलफलपछि फेरि विवाद चुलिएको हो ।

प्रकाशित मिति: : 2020-07-17 11:53:47

प्रतिकृया दिनुहोस्