प्रधानमन्त्रीकाे विश्वासको मत तत्काल रोक्न माग गर्दै उपेन्द्रले दिए सर्वोच्चमा रिट

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदमा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेकाे छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले साेमबार संसदमा विश्वासको मत लिने कार्य तत्काल रोक्न माग गर्दै आइतबार सर्वोच्च रिट दायर गरेका हुन्।

जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रधानमन्त्रीले संसद्मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले निवेदकले त्यसलाई रोक्न रिटमा माग गरेका छन्।

उनले जसपा आधिकारिकता विवादको टुंगो लागिनसकेको अवस्थामा प्रधानमन्त्रीले संसदमा लिने विश्वासको मतले वैद्यता नपाउने भन्दै रोक्न रिटमा माग गरेका छन्।

यही वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए। सोही निवेदनको आधारमा निर्वाचन आयोगले यही वैशाख २४ गते आधिकारिकताको प्रमाणपत्र दिएको थियो।

जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्वाचन आयोगकाे निर्णयविरुद्ध जसपानेपालका अध्यक्ष यादवले सर्वोच्च अदालतमा रिट दायर गरेकाे थिए।

उक्त रिटमा सर्वोच्चले जसपा विभाजन भएर बनेको पार्टीको दर्ता प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्चले आदेश दिएको थियो।

जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद रहेका छन्। यादवले जसपा नेपालबाट अलग भएका सात जना पार्टीविहीन भएकोले उनीहरूले विश्वासको मत प्रक्रियामा भाग लिन नमिल्ने दाबी गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची गरेकाे छ।

प्रकाशित मिति: : 2024-05-19 15:55:00

प्रतिकृया दिनुहोस्