कार्यादेशमा जुटेन सहमति, २० मिनेट समय मागेर बाहिरियाे काँग्रेस

सहकारी ठगी प्रकरणकाे अनुसन्धानका लागि संसदीय छानबिन समितिकाे कार्यादेश बनाउने विषयमा सहमति जुट्न सकेकाे छैन।

सिंहदरबारस्थित कानुन मन्त्रालयमा बिहान ८ बजेदेखि बसेकाे कार्यदलकाे बैठकमा दिउँसाे सवा २ बजेसम्म सहमति जुट्न नसकेकाे हाे।

कार्यदलकाे बैठक निष्कर्षविहीन टुङ्गिएकाे नेकपा (एमाले)का प्रमुख सचेतकसमेत रहेका कार्यदल सदस्य महेश बर्ताैलाले बताए। बर्ताैलाका अनुसार काँग्रेसले समय माग गरेकाले सहमति जुट्न नसकेकाे हाे।

उनकाअनुसार अधिकांश विषयहरु सहमति नजिक पुगे पनि एक/दुइटा विषयमा सहमति जुट्न सकेकाे छैन। ‘अहिलेकाे बैठकमा पनि सहमति जुट्न सकेन’, बर्ताैलाले भने, ‘नेपाली काँग्रेसका साथीहरु २० समय मागेर सल्लाह गर्न बाहिर निस्क्नुभयाे।’

कार्यदलमा सहमति जुट्न नसकेपछि संसद बैठकसमेत प्रभावित बनेकाे छ। बिहान ११ बजेका लागि बाेलाइएकाे संसद बैठक कार्यदलमा सहमति हुन नसकेपछि दिउँसो २ बजेका लागि सारएकाे थियाे। तर २ बजे पनि बैठक बस्न सकेकाे छैन।

तर ४ बजेसम्म पनि कार्यदलमा सहमति हुन नसक्ने देखिएकाे छ।

बैठकबाट काँग्रेसका नेता रमेश लेखक, ज्ञानेन्द्र कार्की निस्किएका छन्। उनीहरूले बैठक बसिरहेकाे बाहेक थप प्रतिक्रिया दिएनन्।

एमालेका प्रमुख सचेतक बर्ताैलाले भने साँझसम्म बैठकले छलफल टुंग्याउने बताए।

प्रकाशित मिति: : 2024-05-19 14:15:00

प्रतिकृया दिनुहोस्