रुकुम पूर्वमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु

बिएल संवाददाता

रुकुम पूर्व

रुकुम पूर्वमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।

सिस्ने गाउँपालिकामा पोखरी पौडी खेल्ने क्रममा डुबेर स्थानिय ओख्रेनाका १९ वर्षीय लजिम बुढामगरकाे मृत्यु भएकाे हाे।

सोही ठाउँमा रहेको गुप्त दहमा पौडी खेल्ने क्रममा डुबेर बुधबार उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। 

उनको शवलाई तालबाट निकालेर पोष्टमार्टमका लागि पठाइएको छ।
 

प्रकाशित मिति: : 2020-07-16 21:40:14

प्रतिकृया दिनुहोस्