पशुपति क्षेत्र विकास कोष भन्छ– भारतीय भट्टहरु हटाउने हल्ला निराधार हाे

पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरु हटाउन खोजिएको भन्दै प्रकाशित समाचार सत्य नभएको जनाएको छ। 

केही दिन अगाडि भारतीयसँग प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्ध चिसिएकाे कारणले सरकारले स्वदेशी पुजारी नै राख्ने भन्दै विभिन्न समाचार माध्यमहरुले खवर प्रकाशित गरेको थियो।

तर बिहीबार उक्त समाचारको खण्डन गर्दै कोषका सदस्य–सचिव डा प्रदीप ढकालले भट्ट हटाउने सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र कौषले कुनै सोच नबनाएको बताए।

‘नेपाल भारतबीच सदियौँदेखि जनस्तरमा धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिक रुपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल पार्न लागिपरेका शक्तिले यस किसिमको हल्ला गरेको हो,’ उनले भनेका छन्। 

यस्ता भ्रामक हल्लाका पछि नलाग्न पनि कोषले आम मानिसमा आह्वान गरेको सदस्य–सचिव ढकालले बताए। 
 

प्रकाशित मिति: : 2020-07-16 19:32:13

प्रतिकृया दिनुहोस्