नेपाल टेलिकमको सर्भर ह्याक गर्ने व्यक्ति पक्राउ

 नेपाल टेलिकमको सर्भर ह्याक गर्ने व्यक्ति पक्राउ परेका छन्। 

नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानुनी रुपमा पहुँच बनाउने धनकुटाका २८ वर्षीय दिवाकर देउजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।

उनी सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको ब्युरोका प्रवक्ता डीएसपी वेलबहादुर पाण्डेले जानकारी दिए। उनले पटक-पटक पहुँच बनाएर नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरेका थिए।

टेलिकमले असार १२ गते दिएको उजुरीपछि अनुसन्धान गरी उनलाई  असार ३१ गते धनकुटाबाट पक्राउ गरिएको डीएसपी पाण्डेले जानकारी दिए।

विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि देउजालाई बिहीबार नै नेपाल प्रहरी साइबर ब्युरो, काठमाडौं पठाइएको छ।

प्रकाशित मिति: : 2020-07-16 15:09:59

प्रतिकृया दिनुहोस्