नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
गैँडाकोट–७ मा अवस्थित नारायणी नदी किनारमा ५९ वर्षीय कृष्णप्रसाद चालिसेलाई मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
असार ३० गते मङ्गलबार दिउँसो घरबाट निस्किएका चालिसे बुधबार साँझ मृतावस्थामा भेटिएकाे हाे।
मङ्गलबार साँझसम्म चालिसेलाई स्थानीयवासीले घुम्दै गरेको अवस्थामा देखेको भए पनि उनको मृत्यु के कारणले भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
चालिसेको शवलाई परीक्षणका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको छ।