सल्यानकाे बाग्चौर नगरपालिकामन बाल्टिन बम भेटिएको छ।
मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयको सटर छेवैमा जनपरिषद सल्यानको नाममा राखेको न बाल्टिन बम बिहीबार बिहान भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी ढकेन्द्र खतिवडाका अनुसार कार्यालय बाहिर राखिएको बममा एक पर्चा टाँसिएको पनि जानकारी दिए।
‘कोरोना महामारीको समयमा किसानहरुसँग ऋण असुली गरेको र लकडाउनको समयमा किसानलाई ऋण तिर्न बाध्य पारेकोले बम राखिएको हौँ भनेर लेखिएको पर्चा फेला परेको छ,’ उनले भने।
बम भेटिएपछि अहिले उक्त क्षेत्र सिल गरिएको छ। बम निष्क्रिय बनाउन नेपाली सेनाको डिस्पोजल टोली बाग्चौर जाँदै गरेको छ।