लोकसेवाले लिने सहसचिव पदको अन्तर्वार्ता स्थगित

लोकसेवा आयोगले सहसचिव सरहको सूचना प्रविधि विज्ञ पदको अन्तरवार्ता स्थगित गरेको छ।

सो पदको अन्तरवार्ता बुधबार दिउँसो दुई बजे तय भएको थियो।

त्यसको केही घण्टा अगाडि मात्रै आयोगले अनिश्चितकालका लागि अन्तरवार्ता स्थगित गरेको सूचना जारी गरेको छ।

लोक सेवा आयोगका उपसचिव देवी प्रसाद सुवेदीले जारी गरेको सूचनामा ‘विशेष कारणबस’ अन्तरवार्ता स्थगित गरेको उल्लेख छ।


 

प्रकाशित मिति: : 2020-07-15 17:51:59

प्रतिकृया दिनुहोस्