उत्तरपूर्वी टर्कीमा बाढी, दुईको मृत्यु

टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन् ।

भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको  मृत्यु भएको गृह मन्त्री सुलेएमान सोएलुले समाचारदाताहरुलाई बताएका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका वासिन्दालाई  सुरक्षित स्थानमा लैजाने कार्य जारी रहेको समाचारमा जनाइएको छ ।

आइतबार साँझबाट नै परेको भीषण वर्षाको कारण उक्त बाढी र पहिरोको खतरा बढेको  थियो। यस बाढीको कारण कैयौ सडक र पुलहरु भत्किनुको साथै सवारी साधनहरु फर्सेका स्थानीय टेलिभिजनहरुले प्रशारण गरेको समाचारमा जनाइएको  छ ।

प्रकाशित मिति: : 2020-07-14 15:15:39

प्रतिकृया दिनुहोस्