पूर्वराजाको सन्देशः प्रकोपको पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन्

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपहिरोमा परी ज्यान गुमाएका, घाइते तथा विस्थापित परिवारप्रति दु:ख व्यक्त गरेका छन्। 

सोमबार एक विज्ञप्ति जारी गरी शाहले शोक, वियोग, व्यथा र वेदनाको स्थितिमा रहेका सबैलाई राहत, उद्धार र उपचार होस् भनी सरकारको ध्यानाकर्षण पनि गराएका छन्।

‘विनाशको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ,’ शाहले भनेका छन्। 

उनले नेपालजस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक वर्ष हुने भएकाले यसको रोकथाम र सजगताको निम्ति समयमै पर्याप्त     ध्यान दिन सके क्षति न्यूनीकरण हुने बताएका छन्।

‘प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने मेरो प्रार्थना छ,’ शाहले भनेका छन्।

प्रकाशित मिति: : 2020-07-13 18:43:44

प्रतिकृया दिनुहोस्