अमेरिकी नौसेनामा पहिलो अश्वेत फाइटर 

अमेरिकाको नौसेनामा पहिलो अश्वेत महिला पाइलट बन्न सफल भएकी छिन्।

लेफ्टिनेन्ट मेडलिन स्वीगल अमेरिकी नौसेनाको इतिहासमा पहिलो अश्वेत महिला टेकएयर पाइलट बन्न सफल भएकी हुन्। 

केही समयअघि अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या काण्ड सेलाउन नपाएको अवस्थामा यो सुखद समाचार आएको हो। 

अमेरिकी नौसेनाले पनि उनलाई बधाई दिँदै ‘इतिहास रच्न सफल’ भनेको छ। अमेरिकाको नेवल एयर ट्रेनिङ कमाण्डले ट्वीट गर्दै यसको जानकारी दिएको हो। यसमा लेखिएको छ, ‘टेक्निकल एयरक्राफ्ट (टेकएयर) उडाउने उनी पहिलो अश्वेत महिला माइलट हुन्।’

यसअघि बिहीबार अमेरिकी नेवीले पनि यसको जानकारी दिएको थियो। नेवल एयर ट्रेनिङ कमाण्डले आफ्नो ट्वीटमा भनेको छ, ‘फ्लाइङ अफसर मेडलिनले विङ्स अफ गोल्ड हात पारेकी छिन्।’

मेडलिन भर्जिनियाको बुर्ककी स्थायीवासिन्दा हुन्छ। उनले २०१७ मा युएस नेवल एकाडेमीबाट स्नातक गरेकी थिइन। अधिकारीले उनलाई टेक्सासको रेडहोक ट्रेनिङ स्वार्डन २१ को जिम्मेवारी दिएको बताएका छन्। 

सन् १९७४ मा रोजमेरी मेरिनर पहिलो अमेरिकी महिला बनेकी थिइन, जसले टेक्टिकल फाइटर जेट उडाइन्। यसको ४५ वर्षपछि मेडलिनले अर्को इतिहास रचेकी हुन्।

प्रकाशित मिति: : 2020-07-12 18:13:45

प्रतिकृया दिनुहोस्