सप्तरीमा हरिण फेला

सप्तरीमा कोशी नदीले बगाएर ल्याएको एउटा हरिण फेला परेको छ । 

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४, रमपुरास्थित कोशी नदीमा बगाउँदै ल्याएको करिब २५-३० किलोको जीवित हरिण फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

स्थानीयवासी अरुण मुखियाले कोशी नदीबाट निकालेर आफ्नो घरमा ल्याइराखेको हरिणलाई इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको टोलीले आफ्नो कार्यालयमा ल्याएको छ ।

त्यसलाई आज जिल्ला वन कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।

प्रकाशित मिति: : 2020-07-12 17:32:04

प्रतिकृया दिनुहोस्