मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिए

पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका ५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका १ अर्चलेमा जीवित अवस्थामा भेटिएका हुन्।

स्थानिय चुरामणि तिमिल्सिननाका अनुसार गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए ।  तर उनी बेपत्ता भएका थिए। 

केही दिनपछि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको शव भेटिएको थियो । पुरुषको शवलाई श्यामशरणकाे शव भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन् । 

किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरु खुशी देखिएका छन् । 

प्रकाशित मिति: : 2020-07-12 15:13:30

प्रतिकृया दिनुहोस्