‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’: २ विजेताले पाए एक/एक लाख नगद

‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ योजना अन्र्तगत लाइभ लक्की ड्र  मार्फत २ जना विजेता छनौट भएका छन् ।

२०७७ साल असार १९ गते देखि असार २५ गते सम्म  फण्ड ट्रान्सफर बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र  सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १००, सोकेस २ च्यानल नम्बर १०१, र रमाईलो टिभीमा लाइभ लक्की ड्र  मार्फत २ जना विजेता छनौट हुन्छन् ।

योजना अनुसार २ जना विजेताहरूले प्रति व्यक्ति  एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । यो योजनाअन्तर्गत असार २६ गते भएको लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको क्यासआइडी नम्बर ७१९१३०९४८७७, ७१९१४०८१९१५ बिजेता बनेका छन्।

डिशहोमले संचालन गरेकोे डिलर दाइको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिइने भएको छ । फण्ड ट्रान्सफर  बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो वीक्ली लक्की ड्र मा सहभागी गराइने भएको छ । 

प्रकाशित मिति: : 2020-07-12 13:19:31

प्रतिकृया दिनुहोस्