रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध

वर्षाका कारण पहिरो गएपछि  रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ।

 सत्यवती गाउँपालिका –६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए। 

सडक अवरुद्धपछि एम्बुलेन्ससहित दजनौं सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेको बताउदैं उनले भने, 'सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको छ।'
 
अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको तम्घास – इन्द्रेगौडा  र तम्घास – मुसिकोट सडक पनि अवरुद्ध भएका छन्।  मुसिकोट नगरपालिका –३ को धरमपानी र ४ को ताहु खोलामा सडकमााथिबाट ठूलो पहिरो खसेपछि शनिबार बेलुकीदेखि सडक अवरुद्ध बनेको जनाइएको छ। 

प्रकाशित मिति: : 2020-07-12 12:18:48

प्रतिकृया दिनुहोस्