संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता

संखुवासभाकाे सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जना बेपत्ता भएका छन्। तीन जनाको जिवितै उद्दार गरिएको छ।

सिलिचोङ गाउँपालिका वडा नम्बर एक बेसिन्दामा आठ वटा घर बगाउँदा ११ जना बेपत्ता भएकाे संखुवासभाका डीएसपी नवराज मल्लले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको उनले जानकारी दिए। तर, हालसम्म टोली पुगिसकेको छैन।

‘सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा पुग्न चार घन्टा लाग्छ, अहिले ३ घन्टा हुन लाग्यो। टोली पुगेपछि विस्तृत खबर आउँछ’, मल्लले भने।

 क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उनले बताए।
 

प्रकाशित मिति: : 2020-07-12 09:29:23

प्रतिकृया दिनुहोस्