सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च, ३८ वटा ढोका खोलियो (अपडेट)

सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी भेगमा केही दिनयता निरन्तर पानी पर्ने क्रम जारी रहदा सप्तकोशी नदी पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको हो।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार पछिल्लो मापनमा सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको छ।  जुन यो वर्षको अहिलेसम्म उच्च हो ।

कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३८ वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।

सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन भनिएको छ।

प्रकाशित मिति: : 2020-07-10 11:03:48

प्रतिकृया दिनुहोस्