हङकङमा विद्यार्थीहरुलाई राजनीतिक गतिविधिमा संलग्न हुन प्रतिबन्ध

हङकङमा विद्यार्थीहरुलाई कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाइएको छ।

हङकङमा ‘नेशनल चाइनिज सेक्युरिटी अफिस’ खुलेसँगै शिक्षा मन्त्रालयले नयाँ कानुनको घोषणा गर्दै विद्यार्थीमाथि राजनीतिक गतिविधि बन्द गरेको   हो। गत वर्ष स्वतन्त्र हङकङको पक्षमा हजारौं विद्यार्थी सहभागी भएका थिए। उक्त आन्दोलनमा सहभागी भएका करिब १ हजार ६ सय विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको थियो।

नयाँ कानुन अनुसार अब विद्यार्थीहरुले राजनीतिक कार्यक्रममा भाग लिन पाउने छैनन्। साथै राजनीतिक गीत गाउन, नारा लगाउन र कक्षाहरु छोड्न पनि पाउने छैनन्।

प्रकाशित मिति: : 2020-07-09 11:06:03

प्रतिकृया दिनुहोस्